प्रदेश १ मा २ अर्ब ५१ करोड बेरुजु

विराटनगर । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को महालेखा प्रतिवेदनमा प्रदेश १ मा २ अर्ब ५१ करोड ४२ लाख ५६ हजार बेरुजु औल्याएको छ । उक्त बेरुजु रकममध्ये आव ०७६÷७७ मा १ अर्ब २६ करोड ५१ लााख ५६ हजार र आव ०७५/७६ को १ अर्ब २४ करोड ९१ रहेको छ ।

आव ०७६/७७ मा महालेखाले औल्याएको बेरुजुमध्ये ६ करोड ५५ लाख ८१ हजार, अनियमित भएको ४१ करोड ४९ लाख १० हजार, प्रमाण कागजात पेश नभएको ६९ करोड ४९ लाख ५४ हजार र पेस्की ८ करोड ९७ लाख ७ हजार रहेको छ ।

प्रदेशको कूल ४४ अर्ब ५७ करोड ३ लाख ४० हजार रुपैयाँको लेखापरीक्षण गर्दा २ दशमलव ८४ प्रतिशत वेरुजु निस्केको महालेखाको प्रतिवेदनमा उल्लेख छ । तर यो वेरुजु आव ०७५/७६ भन्दा कम रहेको छ । आव ०७५/७६ मा ४ दशमलव ८२ प्रतिशत बेरुजु औल्याएको मध्ये यस वर्ष ४४ करोड ७० लाख २९ हजार सम्परीक्षण भई १ अर्ब २४ करोड ९१ लाख बा“की रहेको प्रतिवेदनमा उल्लेख छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा सबभन्दा बढी ७६ करोड २२ लाख ५३ हजार, सामाजिक विकास मन्त्रालयमा २३ करोड ९१ लाख ५० हजार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा १४ करोड १ लाख ६३ हजार बेरुजु देखिएको छ ।

यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ५ करोड ९८ लाख ७१ हजार, प्रदेश व्यवस्थापिका सचिवालयमा २३ करोड ४० लाख ३ हजार र अन्य मन्त्रालय/निकायमा ४० करोड ३ लाख १६ हजार महालेखाले बेरुजु औल्याएको हो ।

Back to top button