प्रदेश १ मा दरबन्दी अनुसारको पदपुर्ती नहुँदा सेवा प्रभावित

विराटनगर । प्रदेश १ सरकारले दरबन्दी अनुसारको पदपुर्ति गर्न नसक्दा प्रदेशको सेवा प्रवाह प्रभावित भएको छ । कर्मचारी अभावमा प्रदेशवासीले प्रदेश सरकारको सेवा प्राप्त गर्न कठिनाइ भएको हो ।

आवश्यक कानुनको पहिचान गरी समयमै कानुन निर्माण, मन्त्रालयहरु, २ संवैधानिक निकाय र प्रदेश लेखा नियन्त्रक कार्यालयअन्तर्गत कूल ३ हजार ८८२ दरबन्दी प्रदेश सरकारले स्वीकृत गरेपछि २ हजार ४७० मात्रै पदपूर्ति हुन सकेको छ ।

दरबन्दी अनुसारको कर्मचारी नहुँदा सर्वसाधारणलाई प्रदान गरिने सेवा प्रभावित भइरहेकोले तत्काल दरबन्दी बमोजिम पदपूर्ती गरी सेवा प्रवाह प्रभावकारी बनाउन महालेखा परीक्षकको कार्यालले प्रदेश सरकारलाई सुझाव दिएको छ ।

Back to top button