गाँजा सहित एक जना पक्राउ

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ मा ठुलो मात्रामा गाजा सहित एक बृद्धलाई पक्राउ गरेको छ ।

प्रहरीले ६५ बर्षीय मगम राईलाई गाजा सहित पक्राउ गरेको हो ।

राईको घरमा खोजतलास गर्दा लुकाई राखेको १५ केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले राईलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाएको जनाएको छ ।

Back to top button