एमाले अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयन गर्न सकारात्मक–भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी ओली सकारात्मक रहेको बताउनुभएको छ ।

आज अध्यक्ष ओली निवास बालकोटमा माधव नेपाल पक्ष छोडेर एकताको पक्षमा लागेका स्थायी कमिटी सदस्य सहभागी बैठक पछि प्रतिक्रिया दिदै भट्टराइले १० बुँदे कार्यान्वयन गर्दै पार्टी एकता जोगाउन अध्यक्ष ओली सकारात्मक रहेको बताउनुभएको हो ।

नेता भट्टराईले सबै नेता कार्यकर्तालाई समान व्यवहार गर्ने र सबैका पुराना जिम्मेवारी यथावत राख्ने प्रतिबद्धतासमेत अध्यक्ष ओलीले व्यक्त गर्नुभएको बताउनुभयो । अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार छु भन्नुभएको नेता भट्टराइले बताउनुभयो ।

माधव नेपालकै समूहमा रहेर हाल विभाजनमा नलागेका नेता भट्टराईले पार्टी विभाजनको बाटो छाडेर एमालेमा फर्किन आफूहरूले आग्रह गरेको र भोलिको बोलाइएको स्थायी कमिटी बैठकले पनि एकताका लागि अपील गर्ने बताउनुभयो ।

Back to top button