एमाले स्थायी कमिटि बैठकमा तेस्रो धार पक्षधर नेताहरु सहभागि हुने

काठमाडौं । नेकपा एमालेले भोली बोलाएको स्थायी कमिटी बैठकमा तेस्रो धार भनिएका एकताका पक्षधर नेताहरुको सहभागिता हुने भएको छ ।

आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको बैठक पछि स्थायी कमिटि बैठक भोलि बिहान ११ बजेका लागि तय भएको छ ।

अध्यक्ष ओली संगको छलफलमा आज १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने सहमति भएको नेकपा एमाले प्रवत्ता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । नेता माधब नेपाल पक्षधर मानिएका उनिहरु भोलीको बैठकमा सहभागि हुने समेत प्रवत्ता ज्ञवालीले बताउनुभयो ।

बैठकमा सहभागि नेताहरुले अहिले पनि आफुहरु एकताको पक्षमा रहेको बताएका छन ।

अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न आज नेताहरू भीम रावल, भीम आचार्य, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र योगेश भट्टराई जानुभएको थियो ।

Back to top button