रघुपति जुट मिल्सको ७५ बर्ष, एक बर्ष सम्म हिरक जयन्ती मनाउने

विराटनगर । स्थापनाको ७५ वर्ष पुगेको अबसरमा विराटनगर स्थित रघुपति जुट मिल्सले आजबाट एक बर्षसम्म विभिन्न कामहरु गर्दै मनाउने भएको छ । नेपाल कै एतिहासिक जुट उद्योग रहेको मिल्सले हीरक जयन्ती –२०७८ मनाउन लागेको जानकारी दिएको छ ।

आज देखि १ वषर््ासम्म हीरक महोत्सव विविध कार्यक्रम सहित मनाइने छ । आजबाट प्रारम्भ भएको महोत्सवको शुभारम्भ वृक्षा रोपणबाट गरियो । ७५ वर्ष पुगेको उपलक्ष्यमा विविध किसिमका ७५ विरुवा रोपिएको उद्योगका संचालक राजकुमार गोल्छाले बताउनुभयो ।

हाल यो उद्योगमा करिव ३००० कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रुपमा यो उद्यागले लाखौको जीवनयापन र आर्थिक सामाजिक समृद्धिका योगदान दिएको छ । उद्योग २००३ सालमा स्थापना भएर सरकारी तवरबाट चलाइदै आएकोमा नेपाल सरकारको निजीकरण कार्यक्रम अन्तर्गत २०५३ साल भदौबाट गोल्छा अर्गनाइजेशनले संचालन गर्दै आएको छ ।

Back to top button