मुख्यमन्त्री माग्न कोहिसँग गएको छैन भीम आचार्य

विराटनगर। नेकपा एमालेका सचिव भीम आचार्यले प्रदेश १ को सरकार निर्माण र मुख्यमन्त्रीको विषयमा कसैसँग कुराकानी नभएको दाबी गर्नु भएको छ ।

आचार्यले सचिवालयमार्फत अनर्गल प्रचारका पछि कसैलाई पनि नलाग्न आग्रह समेत गर्नु भएको छ । माधव नेपालसँग गएर मुख्यमन्त्रिका लागि सहयोग गरिदनि आग्रह गरेको भनि संचार माध्यमहरुमा समाचाहरु आएपछि नेता आचार्यले यस्तो बताउनु भएको हो ।

नेकपा एमाले बाट अलग भएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादीको नेतृत्व गरेपछि प्रदेश १ मा नयाँ सरकार ढाल्ने र जोगाउने गृहकार्य जारी रहेको छ। एमालेको स्पष्ट बहुमत रहेको सरकार नेपालले नयाँ दल खोलेसँगै मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार संकटमा परेको हो।

‘पार्टी एकताको क्रममा विभिन्न नेताहरुसँग भेटवार्ता निरन्तर जारी रहेको सर्वविदितै छ । त्यस्ता कुनै भेटको क्रममा कोहि नेतासँग कुनै सरकार निर्माण र मुख्यमन्त्री सम्बन्धि विषयमा कुराकानी नभएको जानकारी गराउँदछु ।’ आचार्यले भन्नुभयो ,‘साथै यस सम्बन्धमा गरिएका अनर्गल प्रचारका पछि कसैलाई पनि नलाग्न आग्रह गर्दछु ।’
आचार्यले यस अगाडि ८ बुदेँ अपिल जारी गर्दै एमाले गम्भीर संकटबाट गुज्रिरहेको धारणा राख्नु भएको थियो । थिए। पार्टी एकताको कुरा गर्नेहरुमाथि आक्रमण गर्ने, निरुत्साहित–हतोत्साहीत गर्न खोज्ने, अनेक आरोप लगाएर बदनाम गर्ने प्रयास भइरहेको दाबी गरेका थिए। लाखौं कार्यकर्ता नेकपा एमालेको एकताको पक्षका रहेको उहाँको भनाई रहेको छ ।

९२ जना प्रदेशसभा सदस्यमध्ये एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १–१ जना छन्। प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ। भीम आचार्य र योगेश भट्टराईले नयाँ दलमा जाने कि एमालेमै रहने भनेर लिने निर्णयले पनि प्रदेश १ सरकारको भविष्य निर्धारण गर्छ।

Back to top button