हेल्पलाइन सेवा प्रभावकारी भएकोले साझा समन्वयको खाँचो

विराटनगर । महामारी, विपद र हिंसा पीडितहरुको सवालमा काम गर्नका लागि सबै क्षेत्रको समन्वय आवश्यक भएको सरोकारवालाले बताएका छन ।

आज विराटनगरमा साझा सवालका लागि साझा मञ्च कोकनले आयोजना गरेको हेल्पलाइन र मनोविमर्श विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले साझा सवालमा साझा समन्वयको खाँचो भएको बताएका हुन । सरोकारवालाहरुले यो सेवा सधै उपलब्ध गराउनुपर्ने र सबैको पहुँचमा हुनुपर्नेमा जोड दिएका छन ।

हिंसाबाट पीडितलाई न्याय र सेवा कहाँ कसरी पाईन्छ भन्ने सूचना दिन र उनीहरुलाई मनोविर्मश सेवा प्रदान गर्नका लागि साझा हेल्पलाईन सेवा अति आवश्यक देखिएकोले सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने उनिहरुको भनाई छ । साझा हेल्पलाईन दिगो रुपले सञ्चालन गराउन सरकार र गैरसरकारी क्षेत्र विच समन्वय हुन आवस्यक भएको उनिहरुको भनाई छ ।

अधिवक्त्ता तथा कोकनका सल्लाहकार कोषराज न्यौपानेले सुचनाको अभावमा सामान्य समस्या पनि समाधान गर्न गाह्रो हुने देखिएकोेले हेल्पलाइनको ब्यवस्था र सबैको पहुँचमा हुने गरी संचालन गर्न अत्यन्त जरुरी रहेको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु गड्तौलाले सबै निकायहरुको काम गर्ने तरिका र सिमितता आआफनै हुने भएकोले महामारी र विपदको अवस्थामा मात्र नभएर अन्य अवस्थामा पनि न्याय र सेवा नपाएका पिडितहरुका लागि साझा हेल्पलाइन सेवाबाट सूचना लिन र सेवा प्राप्त गर्न सहयोग पुग्ने बताउनुभयो ।

सिविन विराटनगरका संयोजक बासु अधिकारीले कोभिड संक्रमण जस्तो महामारीका बेला सबैका लागि साझा हेल्पलाइनको अभाव अति नै खड्किएको महशुस भएको र सबै क्षेत्रमा समन्वयको कमी हुने गरेकोले पनि साझा हेल्पलाइन सेवा अपरिहार्य रहेको बताउनुभयो ।

इन्सेक प्रदेश एक संयोजक सोमराज थापाले गैरसकारी क्षेत्रबाट मात्र नभै सरकारको सहभागितामा महामारी , विपद र अन्य पिडितहरुका लागि दीर्घकालिन रुपमा साझा हेल्पलाइन सञ्चालन भए प्रभावकारी हने बताउनुभयो ।

कोशी कोभिड अस्पताल विराटनगरका प्रमुख बैजनाथ साहले मनोविमर्श सहितको साझा हेल्पलाइन सेवा आवश्यक रहेको बताउनुभयो । उहाले कोशी कोभिड अस्पतालमा बेड खाली भए नभएको सुचना र भर्ना भएका तथा निको भएर फर्कन लागेका विरामीका लागि मनोविमर्श सेवा धेरै महत्पुर्ण रहेको अनुभव बताउनुभयो ।

प्रमुख साहले मनोविमर्श सेवा ले जटिल अबस्थामा रहेका विरामी पनि छिटो र राम्रो तरिकाले निको भएको बताउदै पोस्ट कोभिडको समयमा पनि मनोविमर्श सेवा प्रदानका लागि समन्वय गर्न कोकनसंग आग्रह गर्नुभयो ।

कोकन अध्यक्ष मन्जिता उपाध्यायले दोस्रो महामारी सुरु भएपछि प्रभावकारी सेवाबाट बंन्ञ्चित हुन नदिन कोकनले आफै पहल लिएर अल्पकालिन हेल्पलाइन सेवा सुरु गरेको र अति नै प्रभावकारी भएको बताउनुभयो । उहाँले सरकारले चासो दिएर उचित प्रचारप्रसार गराउन सके सबै समयमा साझा हेल्पलाइन सेवा पिडितहरुका लागि फलदायी हने बताउनुभयो ।

उहाँले कोकनले निशुल्क सेवा प्रदान गर्दै आएकोेले यसको प्रभावकारीता अझ बढाउन सरोकारवालाहरुसंग समन्वय आवश्यक रहेको बताउनुभयो ।

कोकनले अल्पकालिन रुपमा सञ्चालन गरेको हेल्पलाइन सेवाकी फोकल पर्सन ईन्दिरा भट्टराईका अनुसार छोटो समयमा कम प्रचारप्रसार भएपनि हेल्पलाइन सेवाबाट धेरैले प्रभावकारी रुपमा सेवा पाएका छन ।

हेल्लाइन सुरु भएको ६ महिनाको अवधिमा झापा , इलाम , मोरङ, सुनसरी , धनकुटा मात्र नभएर मुगु र सिन्धुपाल्चोक गरि कुल ७० पुरुष र २० जना महिलाहरुले सेवा लिएका छन ।

हेल्पलाइनमा मार्फत धेरै अस्पतालबारे बुझिदिनुपर्ने , औषधी र ब्लड खोजिदिनुपर्ने , सुरक्षित होटलबारे जानकारी दिनुपर्ने , उपचारको अवस्था कस्तो छ भन्नेबारे जानकारी गराउनेदेखी विरामी , आफन्त र हिंसा पिडितहरुलाई फोनमार्फत मनोविमर्श सेवा दिइदै आएको छ ।

Back to top button