पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने नेविसंघको चेतावनी

काठमाडौं । कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

सत्तारुढ दलकै भातृ संगठन नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाद्धारा जारी गरीएको विज्ञप्तिमा मुल्यवृद्धि तत्काल फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई थप पीडा दिने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति संगठनको विरोध रहेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

यस्तै अखिल (क्रान्तिकारी) ले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ। क्रान्तिकारीका तर्फबाट अध्यक्ष हरिकृष्ण गजुरेलले आज जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि अविलम्ब फिर्ता लिन अन्यथा मूल्यवृद्धि विरुद्ध सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिइएको छ।

नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन ९आन्तरिक तर्फ० मा प्रतिलिटर २÷२ रुपैयाँ, हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) मा १६ अमेरिकी डलर प्रति किलोलिटर र खाना पकाउने एल.पी.ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएको थियो।

Back to top button