घिसिङ विरुद्धको मुद्धाको सुनुवाइ आज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्धको मुद्धाको सुनुवाइ आज हुँदै छ।

प्राधिकरणका पुर्व कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले घिसिङको नियुक्ती बदर हुनुपर्ने माग गर्दै साउन ३२ गते वारेस मार्फत रिट दायर गर्नुभएको थियो ।

यो मुद्धा गत भदौ २ गते ‘हेर्न नभ्याइने’मा राखिएको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ।

भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’मा राखिएको थियो। सरकारले शाक्यको स्थानमा कुलमानलाई नियुक्त गर्नु गैरकानुनी भएको शाक्यको भनाई छ ।

साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

Back to top button