खोलाले बगाएर एकजनाको मृत्यु

सल्यान । सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मर्म खोलाले बगाउँदा कुमाख गाउँपालिका–४ सिम्तालेका ५१ वर्षीय लीलाधर शर्माको मृत्यु भएको हो ।

वडा नम्बर ३ र ४ को सिमानामा रहेको मर्मखोला तर्ने क्रममा खोलाले बगाएर शर्मा  आज बिहान बेपत्ता हुनुभएको थियो ।

खोलाले बगाएका शर्माको शब २ नम्वर स्थित खोला किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Back to top button