एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमाले को स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनु भएको छ ।

बैठकमा मध्यमार्गी भनिएका माधव नेपालसँग नयाँ पार्टीमा नजानुभएका नेताहरु पनि सहभागी हुनुभएको छ । उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु, अमृत बोहरा, सुरेन्द्र पाण्डेलगायतका नेताहरु बैठकमा सहभागी हुनुभएको हो ।

बैठकमा कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ ।

Back to top button