सीमा अपराध नियन्त्रणमा केन्द्रित हुन प्रहरी महानिरिक्षक क्षेत्रीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा अपराध नियन्त्रणमा गम्भिरतापूर्वक लाग्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

आज ‘भिडियो कन्फ्रेन्स’द्धारा प्रदेश प्रहरी कार्यालयका प्रमुख, संघीय प्रहरी ईकाइ कार्यलयका प्रमुख, जिल्ला प्रहरी कार्यलयका प्रमुख र सीमा प्रहरी चौकीका प्रमुखहरुलाई निर्देशन दिँदै उहाँले सीमा अपराधसँगै लागुऔषध र चोरीतस्करी नियन्त्रणमा ध्यान दिन निर्देशन दिनुभएको हो ।

महानिरीक्षक क्षेत्रीले प्रहरी कर्मचारीहरुलाई सामाजिक हैसियतको ख्याल राख्दै सभ्य भाषाको प्रयोग गर्ने र पूर्ण व्यवसायीकताका साथ संगठनप्रति उत्तरदायी हुन आग्रह गर्नुभयो । यस्तै सीमापार सम्बन्धलाई उत्कृष्ट बनाई पारस्परिक हितलाई संस्थागत हितमा उपयोग गनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Back to top button