मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा एमालेको महाधिवेशन हुने

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा हुने भएको छ ।मंगलवार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

मंसिर १०, ११ र १२ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनु भयो ।

त्यसअघि विधान अधिवेशन असोज ४, ५ र ६ गते हुनेछ ।

बैठकले सबै नेताहरूलाई २०७५ जेठ २ कै जिम्मेवारीमा क्रियाशील हुन निर्देशन पनि दिएको छ ।बैठकमा पार्टी विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरू समेत सहभागी हुनुहुन्थयो ।

Back to top button