आज बिहान ११ बजे एमाले अध्यक्ष ओलिको पत्रकार सम्मेलन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्नुहुने भएको छ ।

अध्यक्ष ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आज बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो।

एमालेमा लामो समय तटस्थ रहेका नेताहरू मंगलवारको स्थायी कमिटी बैठकमा सहभागी भएपछिको सन्दर्भमा अध्यक्ष ओलीले सम्बोधन गर्ने जनाइएको छ ।

बैठकले २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन सबै पदाधिकारी र सदस्यलाई निर्देशन दिएको छ ।

मंगलवारको बैठकमा एकताको पक्षमा रहेका १० जना स्थायी कमिटी सदस्य समेत सहभागी हुनु भएको थिया ।

Back to top button