एम्बापेका लागि रियल म्याड्रिडद्वारा १६ करोड युरोको प्रस्ताव

काठमाडौं । २२ वर्षीय फ्रान्सेली स्ट्राइकर कालियन एमबाप्पेलाई रियल म्याड्रिडले आफ्नो क्लबमा भित्र्याउन पिएसजीसामु १६ करोड युरोको प्रस्ताव गरेको छ । पिएसजी र एम्बापेबीच अझै एक वर्षको करार कायमै रहेको बेला म्याड्रिडले महंगो मूल्यमा भित्र्याउन प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको हो ।

यस सिजनको खेलाडी स्थान्तरणको समय ३१ अगस्तसम्म रहेकोले एम्बापेलाई आफ्नो क्लबमा भित्र्याउन सकिने म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको विश्वास छ । एम्बापे सन् २०१८ को विश्वकप उपाधि जिताउन फ्रान्सका लागि उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो ।

Back to top button