नयाँ पार्टी दर्ताबारे निर्णय गर्न निर्वाचन आयोगका आयुक्त रातिसम्म कार्यालयमै

काठमाडौं ।नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी दलको सनाखत गरेको निर्वाचन आयोगका आयुक्तहरू आज रातिसम्म कार्यालयमै रहनु भएको छ ।आयुक्तहरू कार्यालयमै रहेर राति पौने ८ बजेसम्म पनि छलफल नै चलिरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरू सनाखत भइसकेका दल दर्ताका निवेदनमाथि छलफल गरीरहनु भएको छ ।

आज दिउँसो दुवै दलका तर्फबाट सांसद र केन्द्रीय कमिटीमा रहेका सदस्यहरूको सनाखत गरिएको थियो ।

नेकपा एमालेबाट विभाजित भई अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जसपाबाट विभाजित भई अध्यक्ष महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी दर्ताका लागि निवेदन परेको छ ।

Back to top button