न्यायपालिकाको बेथिति बारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं । न्यायपालिकाको बेथिति बारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन सर्वोच्च अदालतले आज सार्वजनिक गरेको छ । अदालतले वेभसाइटमा प्रतिवेदन सार्वजनिक गर्नुका साथै सम्बन्धित निकायमा समेत पठाएको जनाएको हो ।

महान्यायाधिवक्ता कार्यालय, नेपाल बार काउन्सिल, नेपाल बार एसोसिएसन लगायतका निकायमा अदालतले प्रतिवेदन पठाएको छ । यसअघि नै प्रतिवेदन न्यायपरिषदमा पठाइसकिएको हो ।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले गत साउन १४ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई प्रतिवेदन बुझाएको थियो ।

Back to top button