एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा रहने भएको छ । बुधवार निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ ।

निर्वाचन आयोगले दिएको प्रमाणपत्रमा सो पार्टीको केन्द्रीय कार्यालय रहने ठेगाना नयाँ बानेश्वर भनिएको छ । यसअघि नेकपा एकीकृत समाजवादी पार्टी गठनको गृहकार्य नयाँ बानेश्वर स्थित अर्याल होटलमा भएको थियो । समाजवादी पार्टीका एक नेताले बानेश्वर आसपासमै केन्द्रीय कार्यालय रहने जानकारी दिनुभएको छ ।

माधव नेपालको पार्टी निर्वाचन आयोगमा सो पार्टीको दर्ता नम्बर १६६ रहेको छ । माधव नेपालको पार्टीले मान्यता पाएसँगै नेकपा एमाले औपचारिक रुपमै विभाजन भएको छ।

Back to top button