एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । औपचारिक रुपमा हिजो नेकपा एमाले विभाजन भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज केन्द्रीय कमिटी बैठक बोलाउनुभएको छ । माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकिकृत समाजवादी) पार्टीले निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको हो ।

पार्टी अध्यक्ष ओलीले आज दिउँसा १२ बजे बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानमा बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

१० बुँदे सहमति कार्यान्वयनको अर्को सहमति भएपछि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै र्फकेपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्दै छ । यो बैठकमा पार्टी फुटको प्रभाव, १० बुँदे कार्यान्वयलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

Back to top button