भीम आचार्यद्धारा मुख्यमन्त्रीको सपथग्रहण

विराटनगर । नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेता भीम आचार्यले मुख्यमन्त्रीको सपथ ग्रहण गर्नुभएको छ । केहिबेर अघि उहाँलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सपथ खुवाउनुभएको हो ।

मुख्यमन्त्री तथा संसदीय दलको नेताबाट निवर्तमान मुख्यमन्त्री शेरधन राईले आज राजिनामा दिएपछि भीम आचार्यलाई संसदीय दलको नेता बनाएको थियो । लगत्तै बहुमत प्राप्त दलको हैसियतबाट उहाँले प्रदेश १ को मुख्यमन्त्रीको सपथ ग्रहण गर्नुभएको हो ।

Back to top button