दाजुको हत्या आरोपमा भाइ पक्राउ

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ काँडेमा आफ्नै दाजुको हत्या गरेको आरोपमा भाइ र भतिजालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय ३३ वर्षीय गिरीराज थापाको हत्या आरोपमा उनकै भाइ २२ वर्षीय नारायण थापा र भतिजा १५ वर्षीय रुपन थापालाई पक्राउ गरेको हो ।

बिहीबार दिउसो ११ बजे घरबाट हिँडेका गिरीराज घर नफर्केपछी खोजी गर्ने क्रममा राती पौने २ बजे घर देखी अन्दाजी २ सय मिटर बारीमा मृत अबस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय खोटाङबाट घटनाको अनुसन्धानका लागि आएका प्रहरी टोलीले घटनाको प्रकृति हेर्दा हत्या गरेको हुन सक्ने आशंक गरेका थिए । प्रहरीले घटनाको प्रकृति, स्थानियबासीको सोधपुछ तथा अनुसन्धानबाट मृतकका भाइ नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो ।

उनीहरुले घरयासी बिबादका कारण भैसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जननाएको छ । पक्राउ परेका दुबै जनालाई कर्तब्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी खोटाङले जनाएको छ ।

Back to top button