कोभिशिल्ड खोपको दोस्रो मात्रा मोरङमा लगाउन थालियो

विराटनगर । कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई आज देखी मोरङमा दोस्रो मात्राको खोप लगाउन थालिएको छ । मोरङका १७ वटै पालिकामा खोप लगाउन थालिएको हो ।

भाद्र ११ देखि १३ गतेसम्म सरकारले दोस्रो मात्राको खोप लगाउने भएको हो । कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाउन  थालिएको हो  ।

खोप लगाउन आउँदा पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य लिएर आउन पालिकाहरुले सुचना गरेका छन । मोरंग जिल्लाका सबै पालिकाहरुको वडा, स्वास्थ्य चौकि वा विद्यालयहरुमा तोकिएको खोप केन्द्रबाट दोस्रो मात्राको खोप लगाउन सकिन्छ ।

Back to top button