गैडेको उम्मेदवारीले विराटनगर- ५ मा तरङ्ग

विराटनगर । नेपाली कांग्रेसको आन्तरिक चुनावको चहलपहल बढेसँगै विराटनगर–५ पनि तातेको छ । विराटनगर– ५ को सभापति मा प्रभाकरमान सिंह कार्कि (गैडे) ले उम्मेदवारी घोषणा गरेसँगै चहलपहल बढेको छ ।

उहाँले घोषणापछि नेपाली कांङ्ग्रेस विराटनगर–५ का वडाको कृयाशिल सदस्यको परिचय कार्यक्रम पनि हिजो भब्य रूपमा सम्पन्न गरेका छन् ।

नेपाली कांग्रेसमा अब युवा पुस्ता आउनु पर्ने बताउँदै उहाँले आफ्नो उम्मेदवारी युवादेखि सबैलाई समेट्ने भएको बताउनुभयो । लोकतन्त्र, गणतन्त्र र सुशासनमा आफ्नो ध्यान रहेको बताउदै उहाँले भन्नुभयो, ‘अबको उद्देश्य यसैमा केन्द्रित हुनुपर्छ ।

विराटनगर– ५ मा नेपाली कांग्रेसका करिब ५ सय ५० क्रियाशिल सदस्य छ्न् ।

Back to top button