सुदूरपश्चिममा रावललाई धक्का,अधिकांश सांसद एकिकृत समाजवादि तिर

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो ।
रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उहाँकै चाहना बमोजिम हुँदै आएको थियो ।

एमाले अध्यक्ष केपी ओलीको कटु आलोचक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि उहाँलाई आफ्नो पकड सुदूरपश्चिम प्रदेशमा ठूलो धक्का लाग्ने देखिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट निर्वाचित २५ सदस्य हुनुहुन्छ । विगतमा सभामुखबाहेक २४ सांसदमध्ये १७ जना नेपाल पक्ष र सातजना ओली पक्षमा खुलि सक्नुभएको थियो । माधव पक्षमा रहेका १७ जना नै रावलनिकट हुनुहुन्थ्यो । ति मध्ये अधिकांश रावलको साथ छोडेर नेपाल पक्षमा खुलि सक्नु भएको छ ।

Back to top button