अफगानिस्तानमा तालिबानीले गरे महिला स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह

काठमाडौं । अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिबानीले महिला स्वास्थ्यकर्मीहरुलाई काममा फर्किन आग्रह गरेको छ । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रि विमानस्थलको गेट छेउमा बिहीबार विस्फोट भएपछि स्वास्थ्य सुविधामा कमी आएको समाचारहरू आएपछि तालिबानले महिला स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आग्रह गरेको हो ।

सरिया कानुन अनुसार महिलालाई अधिकाार दिने घोषणा गरेका तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले इस्लामिक ईमिरेट्सको स्वास्थ्य मन्त्रालयले सबै महिला कर्मचारीलाई केन्द्र र प्रान्तमा नियमितरुपमा आफ्नो काममा फर्कन भन्नुभएको छ । इस्लामिक ईमिरेट्सको तर्फबाट उनीहरूको काममा कुनै बाधा नहुने उहाँको भनाई छ ।

Back to top button