बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा । कमल गाऊपालिका ४ चुलाचुलिमोडस्थित पुर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका ६ का ५० वर्षीय हेमसागर थापाको मृत्यु भएको हो ।

को१ख ६७६२ नम्बरको बसले मे३प ९४४९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक थापाको मृत्यु भएको छ । बस र बस चालक मोरङ उर्लाबारी नगरपालिका ७ का ४२ वर्षीय सम्पतलाल धिमाललाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

Back to top button