कांग्रेसका संस्थापन इत्तर समूहका जिल्ला सभापतिहरुले अनसन तोडेर जुटे महाधिवेशनमा

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इत्तर समूहले पार्टी कार्यालयमा केही दिनदेखि जारी राखेकेको अनशन तोडेर महाधिवेशनमा जुट्नुभएको छ । क्रियाशील सदस्यता समाधान समितिका तीन नेताले जिल्ला सभापतिहरुले राखेको माग पूरा गराउने प्रतिबद्धता जनाएपछि अन्सन तोडेर महाधिवेशनमा जुट्नुभएको हो ।

समितिका संयोजक कृष्णप्रसाद सिटौला, सदस्यद्वय मीनेन्द्र रिजाल र रमेश लेखकले शीर्ष नेताहरुबीच माग सम्बोधन बारे भएको सहमतिको विषयमा सभापतिहरुलाई जानकारी गराएर अनसन तोड्न लगाउनुभएको छ ।

Back to top button