सखुवाको काठ सहित २ जना पक्राउ

मोरङ । मोरङको बेलबारी नगरपालिका– ३ बाट अवैध रुपमा ल्याएको सखुवाको गोलिया सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गाडीका चालक स्थानीय ३८ वर्षीय दलबहादुर तामाङ र केरावारी गाउँपालिका– ८ का ४० वर्षीय जितबहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बा २१ च १८२९ नम्बरको बोलेरो चेकजाँच गर्दा अवैध रुपमा ल्याइएको साढें ३८ क्यूफिट सखुवाको काठ बरामद गरेको हो ।

पक्राउ गरिएको गाडी र काठसहित दुवैजनालाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय सलकपुर मोरङमा बुझाईएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Back to top button