ट्राफिक सचेतना फैलाउँदै परिवर्तनका हातहरु

आकाश कार्की,

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सहकार्यमा परिवर्तनका हातहरु नामक संस्थाले ट्राफिक सचेतना फैलाउने अभियान थालेको छ । सप्ताहब्यापी अभियानका क्रममा ट्राफिक सचेतना सम्बन्धि कार्यक्रमहरु गर्ने संस्थाले जनाएको छ ।

बढ्दो सवारी दुर्घटना, अव्यवस्थित रुपमा हुने पैदलयात्रा र अनियन्त्रित रुपमा कुद्ने सवारी साधनलाई ट्राफिक नियमअनुशार व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको परिवर्तनका हातहरुका अध्यक्ष केशव भण्डारीले बताए ।

 उहाँका अनुशार सप्ताहब्यापी कार्यक्रममा ट्राफिक सचेतनासहितका प्ले कार्डसहितको र्‍याली, प्रशिक्षण, पैदलयात्री र सवारी चालकलाई ‘काउन्सिलिङ’ लगायतका कार्यक्रमहरु रहेका छन् ।

सप्ताहब्यापी कार्यक्रमको पहिलो दिन आज कार्यक्रमको उद्घाटन गर्दै र्‍याली निकालेको छ ।

Back to top button