टिभी एंकरको पछाडि बन्दुक बोकेर उभिए तालिवान लडाकु

एजेन्सी ।काबुल कब्जापछि अफगानिस्तानमा सत्ता सम्हाल्न लागेको तालिवान निकै खतरनाक देखिएको छ । स्थानीय रुपमा उसले विभिन्न आतंककारी गतिविधि गर्ने काम गर्दै आएको छ । हालै तालिवानले सञ्चारकर्मीहरूमाथि पनि निगरानी बढाएको छ ।
तालिवान लडाकुले टिभी स्टुडियोमा पुगेर न्यूज एंकरलाई समेत थर्काएका छन् ।अहिले एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जुन तस्वीरमा एक टिभी कार्यक्रम प्रस्तोताकै पछाडि २ तालिवान लडाकु बन्दुक बोकेर उभिएका छन् । एंकर त्यसबखत निकै डराएका छन् ।

Back to top button