कृष्ण जन्माष्टमीको अवसरमा मनाइँदै आएको रथयात्रा तामझाम रहित खटयात्रामा सिमित

विराटनगर । कोरोना महामारीले यस वर्ष राथाकृष्ण रथयात्रालाई धार्मिक तथा सांस्कृति परम्परालाई निरन्तरता दिँदै खटयात्रामा सिमिति भएको छ । सिमित व्यक्तिको उपस्थितिमा यस वर्ष राधाकृष्णको खट यात्रा आज सम्पन्न गरिएको हो ।

राधाकृष्णको मुर्ति राखिएको खटलाई गाडीमा राखेर राधाकृष्ण मन्दिरबाट सुरु भएको खटयात्रा तीनपैनी, ट्राफिक, रोडशेष, बरगाछी, राजवंशी चोकबाट पुष्पलाल चोक हुँदै मन्दिर परिसरमा आएर सम्पन्न भएको छ । मन्दिरका पूजारीलगायतका केही सिमित व्यक्तिहरुले औपचारिक रुपमा पूजाआजा गरेर खटयात्रा सम्पन्न गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा ओझाले बताउनुभयो ।

हजारौं भक्तजनले रथको डोरी तानेर विराटनगर परिक्रमा गराउने रथयात्रालाई खटयात्रामा सिमित गरेपछि भक्तजनहरुले सडक वारिपारी उभेर टाढाबाटै दर्शन गरेका थिए । कोरोना संक्रमणलाई दृष्टिगत गरी यसअघि चोक चोकमा रथ रोकेर भक्तजनहरुलाई पूजा गर्न दिने व्यवस्थामा समेत यस पटक रोक लगाएको थियो । राधाकृष्ण मन्दिरबाट सुरु भएको खटयात्रा पुनः मन्दिर परिसरमै आएर रोकिएको थियो ।

विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट १९८८ सालदेखि राधाकृष्णको खटयात्रा निकाल्ने परम्परा चलिआएको छ । खटयात्रालाई परिस्कृत गरी २०२४ सालदेखि रथयात्रा निकाल्दै आएको थियो ।

Back to top button