एमसीसीकी उपाध्यक्ष फतिमा नेपाल आउँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसी पास गराउने विषय चर्चामा आइरहेको बेला अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउँदै हुनुहुन्छ ।

एमसीसीको कार्यान्वयनको अवस्थाको बारेमा बुझ्न आइरहेकी फतिमाले प्रधानमन्त्री देउवालगायत राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

तत्कालिन देउवा नेतृत्वको सरकारले सन् २०१९ मा सम्झौता गरेको एमसीसी राजनीतिक खिचातानीले हालसम्म संसदबाट पास हुन सकेको छैन । एमसीसीकै विवादमा करिव दुई तीहाईको हैसियत प्राप्त गरेको नेकपा तीन चिरा भएका छन् ।

एमसीसीको विवादले प्रधानमन्त्री बन्न सफल भएका देउवा नेतृत्वको सरकार पनि एमसीसी पास गराउने विषयले नै समापत हुने राजनीतिक वृतमा चर्चा चल्न थालेको हो ।

Back to top button