नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल आज

काठमाडौं । अन्तर्राष्ट्रिय दुई मैत्रीपूर्ण फुटबल खेल्न पहिलो पटक आएका भारतीय टोली र नेपालबीच आज साँझ ५ः३० बजे दशरथ रंगशाला हुँदै छ । साफ कपको तयारीमा रहेका दुबै टोलीका कप्तानले जित्ने आधार र आवश्यकता हिजो आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत गरेका थिए ।

सन् २०१७ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न गएका नेपाली टोली भारतको मुम्बईमा २–० ले पराजित भएको बदलाा लिने दाउमा छ । नेपाल र भारतले हालसम्ममा भएको १९ खेलमा भारत १७ पटक जितेको छ तर सन् २०१३ मा दशरथ रंगशालामा सम्पन्न साफ च्याम्पियनसिप खेलमा पहिलो एकमात्र महत्वपूर्ण जित हात पारेको हो ।

कोरोना संक्रमण दर घट्दै गएकाले दर्शकको उपस्थितिमा खेल भइरहेको छ । आयोजकले खोप लगाएको कार्ड वा २४ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनेले टिकट खरिद गरेपछि रंगशालामा प्रवेश दिने व्यवस्था मिलाएको छ । १५ हजार ४ सय ६४ दर्शक क्षमता रहेको रंगशालामा ५ हजार १ सयलाई मात्रै प्रवेश गराउने आयोजकले जनाएको छ ।

Back to top button