चार एआईजीको सरुवा

काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) हरीबहादुर पाललाई महानगरी प्रहरी वृत रानीमा यथावत कायम राख्दै चार जना एआईजीको सरुवा गरेको छ ।

हालै बढुवा भएका एआईजी सहकुल अपराध अनुसन्धान विभागमा सुरुवा गरिएको छ । अबको आईजपिीका दाबेदार एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागबाट मानस्रोत तथा प्रशासन विभाग प्रमुखमा सरुवा गरिएको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुख एआइजी प्रद्युम्न कार्कीलाई कार्य विभाग प्रमुखमा र एआईजी निरज शाहीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुखमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Back to top button