विश्वकप छनोट अन्तर्गतको खेलमा बेल्जियमको ५ गोल

काठमाडौं । विश्वकप छनोट अन्तर्गतको खेलमा बेल्जियमले एस्टोनियालाई ५–२ गोल अन्तरले हराएको छ । फराकिलो जितसँगै बेल्जियम १० अंकसहित समूह ‘ई’ को शिर्ष स्थानमा छ ।

खेलको सुरुवातमा नै एस्टोनियाका कप्तान माटियास काइटले गोल गर्दै कायम गरेको अग्रता धेरै बेर टिक्न सकेन । बेल्जियमका हान्स भान्केनले गोल फर्काएपछि खेल बराबरीमा ल्याउनुभयो । चेल्सीका स्ट्राइकरसमेत रहेका रोमेलु लुकाकुले लगातार दुई गोल गर्दै बेल्जियमलाई ३–१ को स्थितिमा पुर्‍ययाउनुभयो ।

एलेक्स विटसेल र थोमस फोकेटले पनि एक–एक गोल थपेको तर खेलको अन्त्यतिर एरिक सोर्गाले एस्टोनियाका लागि सान्त्वना गोल गर्न सफल भएका थिए ।

Back to top button