बाढीपहिरो पिडितलाई पुनःस्थापनाका लागि प्रदेश सरकारद्वारा अनुदान दिने निर्णय

विराटनगर । प्रदेश सरकारले मनसुनजन्य विपद प्रभावित नीजि आवास पुनःनिर्माण र पुनःस्थापन गर्न अनुदान सहयोग दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले मनसुनजन्य विपद प्रभावित प्रति परिवारलाई हिमाली क्षेत्रमा ५, पहाडी क्षेत्रमा ४ र तराई क्षेत्रमा ३ लाख रुपैयाँ अनुदान सहयोग दिने निर्णय गरेको हो ।

बैठकले मनसुनजन्य विपद प्रभावित नीजि आवास पुनःनिर्माण र पुनःस्थापन गर्न बनेको कार्यविधीको स्वीकृत गरी प्रमुख सचिव डा. रामप्रसाद घिमिरेलाई कार्यान्वयन गर्न जिम्मेवारी दिने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मनसुनजन्य विपदबाट पीडित परिवारलाई संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले २० प्रतिशत राहत उपलब्ध गराउने केन्द्रको निर्णय बैठकले स्वीकृत गरेको हो ।

प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोगमा रिक्त रहेको दरबन्दीमा अस्थायी कर्मचारी र प्रादेशिक सञ्चार प्रतिष्ठानको संरचनाको व्यवस्थापनका लागि स्थायी दरवन्दी सृर्जना गरी कर्मचारी भर्ना गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । मानव अधिकारसम्बन्धी काम गर्न प्रदेश सरकारले फोकल पर्सन तोक्नेसमेत निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको हो ।

Back to top button