भिमेश्वर नगरसभापतीमा शंकर कार्कीको उम्मेदवारी घोषणा , को हुन उम्मेदवार कार्की?

सुजन काफ्ले
दोलखा। नेपाली कांग्रेसको वडा अधिबेशन सकिए सगै नगरपालिका र गाउँपालिमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ।
काङ्ग्रेस नेताहरुले आ–आफ्नो उम्मेदवार घोषणा गर्न सुरु गरेका हुन ।

भिमेश्वर नगरपालिकाको नेतृत्व लिन स्थानिय नेताहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।
भिमेश्वर नगरपालिकाका सचीव एबम युबा नेता
शंकर कार्कीले आइतबार एक कार्यक्रमका बिच भिमेश्वर नगरपालिकाको सभापतिमा उम्मेदवार दिने घोषणा गरेका छन।

कार्यक्रममा बोल्दै कार्किले आगामी स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसलाई वडा देखि नगर सम्म बिजयी गराउने पहिलो प्राथमिकता रहेको बताए । सम्पुर्ण क्रियाशिल सदस्यको पहिचान गरि उचित जिम्मेवार दिएर नगरपालिकालाई काङ्ग्रेसमय बनाउने आफ्नो लक्ष्य रहेको कार्किले बताए ।

नगरपालिकामा लामो समय देखि कम्युनिस्टले राज अन्त्य गर्न आफुले उम्मेदवारी दिएको उनले बताए।
राजनितीक सिद्धान्त अनुरुप संगठनका सुदृढीकरण गरि भात्री सङगठन लगायत काङ्ग्रेस निकट सबै संगठन लाई चलायमान बनाउने योजना रहेको उनी बताउछन।

राजनितीक ओझेलमा परेका ब्यक्तिहरुलाइ उचित सम्मान सहितको अबसर सिर्जना गरि पार्टिमा क्रियाशिल बनाउने कार्किले बताए ।

काङ्ग्रेस नेता, क्षेत्रिय प्रतिनिधिहरु एबम सम्पुर्ण काङ्ग्रेसप्रेमी हरुलाइ आगामी अधिबेशनमा तामाकोसीको सभापतिमा निर्बाचित गराउन कार्किले आग्रह समेत गरे ।

को हुन शंकर कार्की

बि. स. २०४१ सालमा जन्मिएका कार्की सानी देखि सालिन र इमानदार थिए। २०५५ साल देखि नै नेपाल विद्यार्थी संघको राजनीति गर्दै आएका कार्की हाल भिमेश्वर नगरपालिकाका सचीव रहेका छन। दोलखा लगायत काठमाडौमा विभिन्न व्यापार ब्यवसाय गर्दै आएका कार्की सफल ब्यवसायिका रुपमा परिचित छन।

 

Back to top button