संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको विभत्स हत्या

खाँदबारी । संखुवासभाको मादी नगरपालिका–१ स्थित खोला गाउँका एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ । स्थानीय तेजबहादुर कार्कीको परिवारमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी बताउनुभएको छ ।

बिहान छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनामा ५८ वर्षीय तेजबहादुर कार्की, उहाँकी ८० वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाती दिपक र ५ वर्षीया नातिनी गोमाको शव हत्या गरिएको अवस्थामा फेला परेको हो ।

घटनाको थप विवरण बुझ्नका लागि प्रहरी नायब उपरीक्षक सुवेदीसहितको प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

Back to top button