इटालीले वनायो विश्व र्कीतिमान

फिफा विश्वकप छनोट २०२२ अन्तर्गत गएराती सम्पन्न युरोपियन छनोटमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै इटालीले विश्व कीर्तिमान बनाएको छ । इटालियन राष्ट्रिय फुटबल टीमले अपराजित खेल संख्या ३६ खेलसम्म लम्बाउँदै विश्व कीर्तिमान बनाएको हो ।

यसअघि बिहीबार राति बुल्गेरियासँग एक–एक गोलको बराबरीमा रोकिएको इटालीले अपराजित खेल संख्या ३५ पुर्‍याउंँदै स्पेन र ब्राजिलको नाममा रहेको कीर्तिमान बराबरी गरेको थियो।

ब्राजिलको कीर्तिमान बराबरी गर्ने क्रममा स्पेन २००७ देखि २००९ को बीचमा खेलेका ३५ खेलमा पराजित भएन।
इटालीले सेप्टेम्बर २०१८ मा पोर्चुगलसँग पराजय भोगेपछि खेलेका ३६ अन्तर्राष्ट्रिय खेलमा हारेको छैन।

१० अक्टोबर २०१८ मा पोर्चुगलसँग एक शुन्य गोलले पराजित भएपछि इटालीले २९ खेलमा जित हात पारेको छ भने ७ खेलमा बराबरीमा रोकिएको छ।
यसअघि सन् २०२१ मा खेलेका १२ खेलमा जित हात पारेको इटाली यो वर्ष दोस्रो पटक बराबरीमा रोकिएको हो।

Back to top button