तामाकोसी गाउँपालिकाको काङ्ग्रेस सभापतिमा कृष्ण फुयालको उम्मेदवारी घोषणा

दोलखा। नेपाली कांग्रेसको चौधौं महाधिवेशन नजिकिदै जाँदा सबै तहका नेतृत्वमा आकांक्षा राख्ने नेताहरुले आ–आफ्नो दावी प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।
वडा अधिबेशन सकिए सगै नगरपालिका र गाउँपालिमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ।
तामाकोसी गाउँपालिकाको नेतृत्व लिन स्थानिय नेताहरु प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली काङ्ग्रेस दोलखाका जिल्ला कार्यसमिति सदस्य एबम प्रभावसाली नेता कृष्ण प्रशाद फुयाल आगामी अधिवेशनका लागि तामाकोसी गाउँपालिकाको सभापतिमा उम्मेदवार दिने घोषणा गरेका छन ।

सुनौलो अनलाइन सग कुरा गर्दै फुयालले भात्री सङगठन लगायत काङ्ग्रेस निकट सबै संगठन लाई चुस्त दुरुस्त बनाउदै चलायमान बनाउन उम्मेदवारी घोषणा गरेको बताए ।
तामाकोसीमा कांग्रेस पराजित भएकाले पार्टीलाई आगामी निर्वाचन गाउँपालिका र वडा तहमा निर्वाचित गराउनु मुख्य लक्ष्य रहेको फुयालले बताए ।

काङ्ग्रेस भित्र भएका विकृती र गुटबन्दी हटाउँदै विपक्षीसँग डटेर लड्नसक्ने कांग्रेस बनाउने योजना रहेको फुयाल बताउँछन।
फुयालले गाउँगाउँमा गएर कार्यकर्ताको चाहना र भावना अनुसार काम गर्ने प्रतिबद्धता जनाए।
कांग्रेसलाई मजबुत बनाउँदै रुख छापलाई स्थपित गराउन र मतदाता र जनतासँग जोड्न आफूले उम्मेदवारि दिएको उनी बताउँछन

फुयालले काङ्ग्रेस नेता, क्षेत्रिय प्रतिनिधिहरु एबम सम्पुर्ण काङ्ग्रेसप्रेमी हरुलाइ आगामी अधिबेशनमा तामाकोसीको सभापतिमा निर्बाचित गराउन आग्रह गरे ।

को हुन कृष्ण प्रशाद फुयाल

बि.स २०२४ सालमा जन्मिएका फुयाल सानैदेखी सालिन र इमानदार थिए। २०४८ सालमा क्रियाशिल सदस्य लिएका फुयाल साबिक च्यामा गाबिसको तरुण दलको इकाई अध्यक्ष हुँदै २०४९ सालमा साबिक च्यामा ४ को वडा अध्यक्षमा निर्बाचित भएका थिए।

२ पटक इकाइ सभापति भएका फुयाल क्रियाशिल भएदेखी नै निरन्तर क्षेत्रिय प्रतिनिधि हुँदै आएका छन। किसान संघका क्षेत्रिय सचिब समेत भएका थिए। माओवादी कालमा समेत काङ्ग्रेसका क्रियाशिल रहेका खड्का द्वन्दकालमा माओवादी बाट ३ पटक कारबाहीमा परेका थिए।

Back to top button