अदालत परिसरभित्र कारको ठक्करबाट महिलाको मृत्यु

विराटनगर । जिल्ला अदालत मोरङ परिसर भित्र कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज साँझ न्यायाधीश इश्वर पराजुली चढ्ने कारको ठक्करबाट अदालतभित्रै क्यान्टिन सञ्चालन गर्ने महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार ठक्करबाट धनकुटा महालक्ष्मी नगरपालिका– १ घर भइ विराटनगर बस्ने ४३ वर्षीया लक्ष्मी दाहालको मृत्यु भएको हो ।

दाहाललाई चिया पुर्‍याउन निस्कदै गर्दा बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिएको थियो । ठक्करबाट घाइते दाहालको कोशी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटना भएका बेला न्यायाधिश कार्की भने कारमा नरहेको प्रहरीले जनाएको छ ।

Back to top button