खुल्लातर्फ महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी दिने बालकृष्ण थापाको घोषणा

सुजन काफ्ले
दोलखा ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा बालकृष्ण थापाले खुल्लातर्फ महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी दिने घोषणा गरेका छन ।

लामो समयदेखि काङ्ग्रेसमा क्रियाशिल रहेका थापाले आसन्न १४ औँ महाधिवेशनको लागि खुल्लातर्फको महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी दिने घोषणा गरेका हुन ।

स्थायी घर भिमेश्वर नगरपालिका ६ चरिकोट भएका थापा हाल उपत्यका निर्माण ब्यवसायी संघका अध्यक्ष रहेका छन।

भात्री सङगठन लगायत काङ्ग्रेस निकट सबै संगठन लाई चुस्त दुरुस्त बनाउदै चलायमान बनाउन उम्मेदवारी घोषणा गरेको थापाले बताए।
राजनीतिक लागेका युबाहरुलाइ ब्यवसायिक बनाउने र ब्यवसायिक काङ्ग्रेस बनाउन आफुले उम्मेदवारी दिने घोषणा गरेको उनी बताउछन ।

अब राजनीतिक होइन आर्थिक विकास जरुरी छ । सोही अनुसार आफू निर्माण ब्यवसायी भएकाले दोलखा काङ्ग्रेसका युबाहरुको आर्थिक बिकास गर्नका लागि राजनीतिमा ब्यवसायीहरुको आबश्यकता रहेको थापाले बताए ।
काङ्ग्रेसप्रेमी युबाहरुलाइ निर्माण ब्यवसायी बनाउने मुख्य उदेश्य रहेको थापाले बताए।

नेपाली राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षमा रही राजनीतिमा आदर्श, निष्ठा र सेवाको भाव स्थापित हुनुपर्छ भन्ने मूल विचारलाई आत्मसाथ गर्दै अगाडि बढ्ने थापाको भनाइ छ ।

 

Back to top button