काङ्ग्रेस जिल्ला सचिबमा उम्मेदवारी दिने महेश्वर काफ्लेको घोषणा

 सुजन काफ्ले ।दोलखा । नेपाली कांङ्ग्रेसको १४ औँ महाधिवेनमा दोलखाका सच्चा र इमानदार युवा नेता महेश्वर काफ्लेले जिल्ला सचिवमा उम्मेदवारी दिने भएका छन् । युवा नेता काफ्लेले वर्तमान समयलाई मध्यनजर गर्दे पार्टीलाई नयाँ ढंगले चलाएमान गर्न र राजनीति लाई पेसाको रुपमा नभएर सेवा र सद्भावको भावनालाई लिएर पार्टीलाई गर्व गर्न लाएक बनाउन आफु पार्टीको सचिव पदमा उम्मेदवारी दिने बताएका हुन् ।

विगत लामो समयदेखी नेपाली कांङ्ग्रेसमा आवद्ध हुँदै आएका काफ्ले हाल नेपाली कांङ्ग्रेस जिल्ला कार्यसमितिको सदस्य छन् । आफुले पाउने तलव र भत्ताबाट सामाजिक कार्य गर्दे आएका उनी एक सहयोगी र इमान्दार नेताका रुपमा चिनिन्छन् । युवा नेता काफ्लेले सामाजिक, आर्थिक र संस्कृतिक क्षेत्रमा आफ्नो समय सर्मपण गरेका छन् । उनले विशेषगरी अबको राजनीतिमा युवाहरुलाई समेटेर पर्टीलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

काफ्ले भन्छन्, ‘अबको राजनीतिमा विशेषगरी युवावर्गहरु पार्टीको झण्डा बोक्ने मात्र नभएर सबै युवावर्गहरु उद्यमसिल बन्नुपर्छ, राजनीतिलाई पेषाको रुपमा होइन हरेक नेपालीको दुःख- सुखमा उभिन सक्ने कांङ्ग्रेस बन्नुपर्छ, सबै नागरीकलाई सवल, सक्षम, बनाउँदै पार्टीमा एकता गराउनुपर्छ ।’

अबको नेतृत्व आफुले लिएर कांङ्ग्रेस भित्रको गुटबन्दी हटाई पार्टीलाई सांगठनीक रुपमा बलियो कांङ्ग्रेस बनाउनको लागी आफु सदैव लागि पर्ने बताएका छन् ।

Back to top button