क्षेत्रिय सभापतिमा उम्मेदवारी दिने चित्र प्रशाद दाहालको घोषणा

दोलखा नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनको मिति तोकिएपछी चुनावी चहलपहल बढ्न सुरु भएको छ।
महाधिवेशनको मिति तोकिए सगै दोलखामा पनि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु हुँदै गएको छ।
सोही बमोजिम बिपि जयन्तीको अबसर पारेर नेपाली काङ्ग्रेस दोलखा (प्रदेश सभा- ख ) को क्षेत्रिय सभापतिमा चित्र प्रशाद दाहालले उम्मेदवारी दिने घोषणा गरेका छन।

बिहिबार सुनौली अन्लाईन सँग कुरा गर्दै दाहालले कांग्रेसमा अहिले पनि पुरानै पुस्ताहरुले नेतृत्व गरिरहेको छ, नयाँ पुस्ता पार्टी र देशको नेतृत्व गर्न सक्षम भएकाले सोही अनुरुप युबाहरुको नेतृत्व गर्दै आफुले उम्मेदवारी दिने घोषणा गरेको बताए ।
पहिलो पुस्ताका नेताहरुलाई सम्मानजनक विदाइ गर्नुपर्ने धारणा व्यक्त गदै दाहालले युवा पुस्तालाई अवसर दिनुपर्नेमा जोड दिए । पुराना पुस्ताले नेतृत्व गर्दा पार्टी पोखरी जस्तो भएकाले पार्टीलाई नदी जस्तो बनाउन नयाँ पुस्ताको नेतृत्व चाहिने उनले तर्क गरे ।

सामाजिक छेत्रमा सक्रिय रहेका दाहाल
साबिक काटाकुटी गाबिसको तरुण दलका इकाल अध्यक्ष हुँदै हाल तरुण दल दोलखाका सचीव रहेका छन।
तरुण दललाई चलायमान बनाउदै आएका सचीव दाहाल लामो समय देखि काङ्ग्रेसमा क्रियाशिल रहेका छन।
काङ्ग्रेस नेता, क्षेत्रिय प्रतिनिधिहरु एबम सम्पुर्ण काङ्ग्रेसप्रेमी हरुलाइ आगामी अधिबेशनमा क्षेत्रिय सभापतिमा निर्बाचित गराउन दाहालले आग्रह समेत गरे ।                                                                     

Back to top button