पार्टी सभापतिमा उम्मेदवारी दिने रुद्र बहादुर खड्काको घोषणा

दोलखा । नेपाली कांग्रेस दोलखाका पार्टी सभापति रुद्र बहादुर खड्काले १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार दिने घोषणा गरेका छन् ।
आइतबार गृह पालिका गौरीशंकर गाउपालिकाको पालिका अधिबेशन उद्घाटन गर्दै खड्काले सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै खड्काले पार्टीको आन्तरिक संगठन सुधारका लागि युवा जमातसँग सहकार्य गरेर सबैलाई समेट्ने गरी दलित, जनजाति, पिछडिएका वर्ग, आदिवासी, महिला, अल्पसंख्यक, अपांगलगायतलाई नेपाली कांग्रेस सबैको पार्टी हो भन्ने अभियान मेरो मुख्य एजेन्डा हो ।।
अहिलेसम्म नेपाली कांग्रेसमा लागेर जुन समय देश र जनताको लागि खर्च गरेको छु त्यही नै मलाई विश्वास गर्ने आधार रहेको खड्काले बताए

नेपाली कांग्रेसको नेतृत्वमा युवा पंक्तिलाई धेरैभन्दा धेरै कसरी सहभागी गराउन सकिन्छ भन्ने हो ।पार्टीलाई चलायमान बनाउन मैले उम्मेदवारी दिने घोषणा गरेको छु।
आइतबार जिल्लाका ५ स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ भने तामाकोसी गाउँपालिकामा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको छ। जिरी नगरपालिका, कालिञ्चाेक गाउँपालिका र मेलुङ गाउँपालिकामा भने अधिबेशन स्थगित भएको नेपाली काङ्ग्रेस दोलखाले जनाएको छ। भिमेश्वर नगरपालिकामा शंकर कार्की, बैतेश्वर गाउँपालिकामा शम्शेर घिसिङ,शैलुङ गाउँपालिकामा कृष्ण ध्वज तामाङ ,विगु गाउँपालिकाम हेमराज तामाङ,गौरीशंकर गाउँपालिकामा श्यामसुन्दर तामाङ र तामाकोशी गाउँपालिकामा कृष्ण फुयाल सभापति चयन भएका छन।

Back to top button