अनेरास्ववियुको केन्द्रिय उपाध्यक्षमा दोलखाका उमेश आचार्य

दोलखा । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रिय उपाध्यक्षमा दोलखाका उमेश आचार्य चयन भएका छन्।

शनिबार भएको केन्द्रीय सचिवालयको विस्तारित बैठकले आचार्यलाई उपाध्यक्षमा चयन गरेको हो।
स्थायी घर बैत्यश्वर गाउँपालिका नाम्दु भएका आचार्य लामो समय देखि विद्यार्थी राजनीतमा सक्रिय रहेका छन ।
बैत्यश्वर माध्यमिक बिधालय प्राक अध्यक्ष भएका आचार्य अमृत साइन्स कलेजको प्राक सचिवालय सदस्य समेत भएका थिए।
त्रि चन्द्र क्याम्पसको प्राक अध्यक्ष ,अनेरास्ववियुको केन्द्रिय कमिटी सदस्य ,अनेरास्ववियु केन्द्रिय कमिटीको सचीवालय सदस्य हुँदै अनेरास्ववियुको स्थायी कमिटी सदस्य समेत भएका थिए।

केन्द्रीय सचिवालयको विस्तारित बैठकले
सुनिता बराललाई अध्यक्ष चयन गरेको छ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने, उपाध्यक्षमा कल्पना बाइबा, महासचिव समिक बडाल चयन भएका हुन्। उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित थिए।

 

Back to top button