युवा संघ भिमेश्वर नगर कमिटिको संयोजकमा सुजन श्रेष्ठ चयन

दोलखा । युवा संघ भिमेश्वर नगर कमिटिको संयोजकमा सुजन श्रेष्ठ चयन भएका छन।
सोमबार बसेको नेकपा एमालेको जिल्ला कमिटिको बैठकले श्रेष्ठलाई संयोजकमा चयन गरेको हो।

युवा हरुको ढुकढुकी बनेका श्रेष्ठ लामो समय देखि नेकपा एमालेको राजनीतिमा क्रियाशिल रहेका छन ।
जिल्लामा सफल ब्यवसायीका रुपमा परिचित श्रेष्ठ जिल्लाका आशालाग्दा र क्षमतावान युबा नेता हुन।

स्थायी घर भिनपा -५ माटी भएका श्रेष्ठ सदरमुकाम चरिकोट रहेर फेन्सी व्यवसाय गर्दै आएका छ्न। निर्माण ब्यवसायी समेत रहेका उनी सफल युवा ब्यवसायी रुपमा चिनिन्छन ।

Back to top button