काङ्ग्रेसका युबाहरुको आर्थिक बिकास गरि ब्यवसायिक काङ्ग्रेस बनाउन मेरो उम्मेदवारी : बालकृष्ण थापा

दोलखा ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा बालकृष्ण थापाले खुल्लातर्फ महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी दिने घोषणा गरेका छन ।

लामो समयदेखि काङ्ग्रेसमा क्रियाशिल रहेका थापाले आसन्न १४ औँ महाधिवेशनको लागि खुल्लातर्फको महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी दिने घोषणा गरेका हुन ।

थापाले काङ्ग्रेसमा लागेका युबाहरुलाइ ब्यवसायिक बनाउन र ब्यवसायिक काङ्ग्रेस बनाउन आफुले उम्मेदवारी दिएको बताए

स्थायी घर भिमेश्वर नगरपालिका ६ चरिकोट भएका थापा हाल काठमाण्डौं उपत्यका निर्माण ब्यवसायी संघका अध्यक्ष रहेका छन। भात्री सङगठन लगायत काङ्ग्रेस निकट सबै संगठन लाई चुस्त दुरुस्त बनाउदै चलायमान बनाउने योजना रहेको उनको भनाइ छ।

काङ्ग्रेस भित्र भएका विकृती, विसङगती, गुटबन्दी हटाउँदै नयाँ सोच, लक्ष्य, उदेश्य र विशेष योजनाका साथ काङ्ग्रेसलाई अगाडि बढाउने योजना रहेको थापाले बताए । अब राजनीतिक होइन आर्थिक विकास जरुरी छ । सोही अनुसार आफू निर्माण ब्यवसायी भएकाले दोलखा काङ्ग्रेसका युबाहरुको आर्थिक बिकास गर्नका लागि राजनीतिमा ब्यवसायीहरुको आबश्यकता रहेको थापाले बताए ।
काङ्ग्रेसप्रेमी युबाहरुलाइ निर्माण ब्यवसायी बनाउने मुख्य उदेश्य रहेको थापाले बताए।

काङ्ग्रेस नेता, क्षेत्रिय प्रतिनिधिहरु एबम सम्पुर्ण काङ्ग्रेसप्रेमी हरुलाइ आगामी अधिबेशनमा आफ्नो अमुल्य मतदिएर खुल्ला केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा निर्बाचित गराउन थापाले आग्रह समेत गरे ।                                                         

Back to top button