२५ बर्षको उमेरमा गाउँपालिका उपसभापति

दोलखा । नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनका कारण दोलखामा चुनावी चहलपहल बढेको छ ।
२ नगरपालिका र ७ गाउँपालिका रहेको दोलखामा ८ स्थानीय तहको अधिबेशन सम्पन्न भएर नेतृत्व चयन भइसकेको छ।

दोलखाको बैत्यश्वर गाउँपालिका- १ गैरिमुदिमा जन्मिएका प्रभुशरण मोक्तान २५ बर्षको उमेरमा नै बैत्यश्वर गाउँपालिकाका उपसभापति चयन भएका छ्न । भर्खरै सकिएको गाउँपालिकाको अधिबेशनले सर्वसम्मत प्रभुशरण लाई उपसभापति चयन गरेको हो।
नेपाल विद्यार्थी संघ बाट राजनीतिक यात्रा सुरु गरेका मोक्तान जिल्लामा प्रभावशाली र युवा नेताका रुपमा परिचित रहेका छन।

जिल्लामा रहेर विभिन्न ब्यवसाय गर्दै आएका मोक्तान लामो समय देखि काङ्ग्रेमा क्रियाशिल रहेका छन।
जहाँ युवा नेतृत्व, त्यहाँ सवल काङ्ग्रेस भन्ने नारालाई आत्मसात गर्दै काङ्ग्रेसलाई सवल, सक्षम काङ्ग्रेस बनाउने मुख्य उदेश्य रहेको उपसभापति मोक्तानले बताए ।
काङ्ग्रेस भित्र भएका विकृती, विसङगती, गुटबन्दी हटाउँदै नयाँ सोच,उदेश्य र विशेष योजनाका साथ अघि बढ्ने योजना रहेको मोक्तानको भनाइ छ ।

Back to top button